प्रदेश नम्बर १ र २ विजयी

कञ्चनपुर, ८ असार । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले शनिवार जित हात पारेका छन । राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ को समूह बी मा यो लगातार दोस्रो जित हो। यसै समूहमा प्रदेश २ ले पनि दोस्रो जित हात पारेको छ।प्रदेश १ ले अझै समूह्यमा १ एक खेल्न बाँकी छ भने प्रदेश २ ले ३ वटै खेल खेलिसक्दा २ जित र १ हारको नतिजा निकालेको हो। दुवै टिमले समान ४ अंक जोडेका छन् भने रनरेटमा प्रदेश १ शीर्ष स्थानमा छ । दुई जितपछि दुवै प्रदेश सेमिफाइनल नजिक पुगेका छन् । अब समूहको अन्तिम खेलमा प्रदेश १ ले प्रदेश ३ संग खेल्नेछ र उक्त खेल प्रदेश १ ले जितेमा प्रदेश १ समूह विजेता र प्रदेश २ समूह उपविजेता बन्नेछ । प्रदेश ३ ले विजयी भएमा भने ३ वटै टिमको ४ अंक हुनेछ र रनरेट निर्णायक बन्नेछ । यस समूहमा ३ वटै खेल हारेको कर्णनली प्रदेश भने बाहिरिसकेको छ । महेन्द्रनगरस्थित खुल्ला मैदानमा भएको शनिवारको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो। वर्षाले प्रभावित उक्त खेल ५–५ ओभरमा घटाइएको थियो।टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ५ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो। डिएल मेथडमा २६ रनको लक्ष्य पाएको प्रदेश १ ले १.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा र्गयो। प्रदेश १ का लागि रुविनाले १२ र काजल श्रेष्ठले ११ रन बनाए। दुवै खेलाडी नटआउट रहे।यसैगरी शनिवारै भएको दोस्रो खेलमा प्रदेश २ ले प्रदेश ३ माथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।प्रदेश २ ले दिएको १०७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले १९.४ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाएको हो । प्रदेश ३ का लागि हेलिसा लामा र कञ्चन श्रेष्टले २६–२६ रन बनाएपनि जितका लागि पर्याप्त भएन। यस्तै अस्मिता कर्माचार्यले १५ रन जोडिन् भने ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।प्रदेश ३ लाई अलआउट गर्न प्रदेश २ का लागि कविता गौतम र रोजी कडारीले २–२ तथा सन्तोषी कुमारी चौधरी र शान्ति चौधरीले १(१ विकेट लिइन्।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो। प्रदेश २ का लागि शोभा आलेले ४२ रन बनाइन् भने सन्तोषी चौधरीले नटआउट १५ रन जोडिन्।बलिङमा प्रदेश ३ की सुमन खतिवडा र करुणा श्री लामाले २–२ तथा खुशी डंगोल र रश्मी गुरुङले १–१ विकेट लिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *