विप्लव नेकपाद्धारा असार १० गते नेपाल बन्दको घोषणा,राज्य आतङ्कविरुद्ध देशव्यापी सशक्त प्रतिरोध गर्न अपिल

काठमाडौं, ८ असार । विप्लव नेकपाद्धारा असार १० गते नेपालबन्दको घोषणा गरेको छ । प्रहरीले सर्लाहीका जिल्ला इन्चार्जलाई गोली हानेर हत्यागरेपछि १० गते नेपालबन्दको घोषणा गरेको हो । महासचिव विप्लवद्धारा शुक्रबार जारी गरिएको विज्ञेप्तीमा निशस्त्र अवस्थामा पक्रेर सरकारले गैरन्यायिक हत्या गरेको आरोप लगाइएको छ । सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ । सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’नेकपाले बर्बरतापूर्ण हत्याकाविरुद्ध सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमहरू यसप्रकार रहेका छन् असार ७ गते प्रचार प्रसार,– असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस, असार १० गते नेपाल बन्द ।
यसैगरी नेकपा निकट अखिल (क्रान्तिकारी) ले सरकारले आस्थाका आधारमा गिरफ्तार गरेका आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । उनले सङ्गठनका कार्यकर्ता रिहा नगरिए सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गरिने पनि बताएका छन् ।उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन नेपालमा चलिरहेको दलाल पुँजीपतिवर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीकाविरुद्ध अनवरत रूपमा जीवन मरणको सङ्घर्षमा रहेको विषय सर्व्विदितै छ । आफ्ना जनविरोधी, राष्ट्रघाती, प्रतिक्रान्तिकारी, भ्रष्ट र फासिवादी रबैयाका कारण पतनको अन्तिम दिशातिर उन्मुख केपी–पीके कम्पनीको फासिवादी सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो सङ्गठनमाथि निरन्तर रूपमा दमन, गिरफ्तारी, झूट्टामुद्दा र राज्य आतङ्कका शृङ्खलाहरू नै चलाइरहेको छ ।’विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जनविरोधी र कुरूपचरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीको न्यायपूर्ण आन्दोलनलाई हत्या, जेल, नेल र बन्दुकको सहाराले दबाउने फासिवादी हर्कत प्रदर्शन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो सङ्गठनका सचिवालय सदस्य तथा सगरमाथा ब्युरो संयोजक कमरेड दुर्गा तामाङ र ताम्सालिङ ब्युरो संयोजक कमरेड मुकुन्द श्रेष्ठलाई यही २०७६ असार ४ गते काठमाडौँबाट सङ्गठनको काममा रहेको अवस्थामा राजनीतिक आस्थाका आधारमा गैरन्यायिक रूपमा गिरफ्तार गरिएकोप्रति हाम्रो सङ्गठन घोर भत्र्सना र निन्दा गर्दछ ।’विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामी सामाजिक दलाल फासिवादी केपी–पीके सरकार र रामबहादुर प्रशासनलाई देशैभरिबाट गैरन्यायिक गिरफ्तार गरिनु भएका हाम्रो सङ्गठनका सबै कमरेडहरूलाई तत्काल बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौँ । साथै सामाजिक दलाल फासिवादी केपी सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न आम युवा विद्यार्थीमा अपिल गर्दछौँ ।’
यस्तै पुरानो सत्ताको बिरुद्ध लडेको नेत्रविक्रम चन्द विप्लवलाई प्रतिबन्धसँगै सरकारले कार्यकर्ता मार्न थालेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले तिब्र आक्रोश पोखेका छन् ।शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले सर्लाही घटनाको तीव्र शव्दमा घोर भत्र्सना र विरोध गरेका हुन् ।‘कुनैपनि पार्टीलाई प्रतिबन्ध गर्ने अधिकार सरकारलाई छैन’ उनले भने, ‘अब त मार्न थालेका छन, पहिले भोजपुर त्यसपछि सर्लाहीमा घटना भयो, त्यो नितान्त गलत छ।’ सरकार लोकतन्त्रको नारा लगाउँदै अधिनायकवाद र फाँसीवादतर्फ अघि बढेको बताउँदै उनले नेकपा पार्टीभित्र समेत छलफल गर्न छाडेको बताए।जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए ।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *