ब्राउन सुगरसहित २ जना पक्राउ

भक्तपुर, ६ जेठ । ब्राउन सुगरसहित दुई युवकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट प्रहरीले ५.५ ग्राम ब्राउन सुगरसहित सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय पुरण परियार र सोही स्थान बस्ने रुपन्देहीका २३ वर्षीय राधेश्याम बेलदारलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *