चीनसंग दक्षिण अफ्रिका पराजित

काठमाडौ, ३१ जेठ । दक्षिण अफ्रिका चीनसंग १–० ले पराजित भएको छ ।फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको हो ।समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् ।यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *