भारत र न्यूजिल्याण्डबीच खेल रद्ध

काठमाडौ, ३१ जेठ । भारत र न्यूजिल्याण्डबीचको खेल टस नभई रद्ध भएको छ । इसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत नटिङहमको ट्रेन्ट ब्रिजमा हुने भनिएको खेल निरन्तरको वर्षाका कारण टस नै नभई रद्ध भएको हो । नेपाली समयअनुसार दिउँसो ३ः१५ मा हुने भनिएको खेल साढे ४ घण्टासम्म पनि वर्षा नरोकिएपछि खेल रद्ध गरिएको हो । खेल रद्ध भएपछि भारत र न्यूजिल्याण्डले १–१ अंक बाँडेका छन । यो खेल वर्षाका कारण रोकिएसँगै दुवै टिमको अपराजित यात्रा समेत कायम रहेको छ । यसअघि लगातार तीन खेल जितेको न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लगातार दुई खेल जितेको भारत आजको खेलबाट १ अंक पाएपछि ५ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा खेल हुन नसकेको यो चौथो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *