लिखुलाई चिशङ्खुगढी अध्यक्ष कप

ओखलढुङ्गा, २९ जेठ (रासस) । चिशङ्खुगढी अध्यक्ष कप भलिबलको उपाधि लिखु गाउँपालिकाले जितेको छ । चिशङ्खुगढी गाउँपालिकाको आयोजनामा माम्खामा सम्पन्न भलिबल प्रतियोगितामा चम्पादेवी गाउँपालिकालाई हराउँदै लिखुले उपाधि हात पारेको हो । फाइनल खेलमा लिखुले चम्पादेवीलाई ३–२ सेटमा पराजित गरेको हो । लिखुले उक्त खेल २५–१७, १६–२५, २५–१७, १९–२५ र १५–१३ अङ्कले जित्यो । जितसँगै लिखुले रु एक लाख ५१ हजार १५१ तथा उप–विजेता चम्पादेवीले रु एक लाख एक हजार १११ पुरस्कार प्राप्त ग¥यो । तेस्रो भएको चिशङ्खुगढी गाउँपालिकाले रु ५१ हजार १११ पुरस्कार प्राप्त ग¥यो । आजै सम्पन्न खेलमा चिशङ्खुगढीले ताप्ली गाउँपालिकालाई २५–१८, २१–२५, २०–२५, २५–१८ र १५–६ अङ्कले हराएको हो । विजयी टोली तथा खेलाडीलाई चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *