कटरीनाको हरर फिल्म देखि टाढा रहने

काठमाडौँ । बलिउड अभिनेत्री कटरीना कैफ हरर फिल्म देखि टाढा रहेकी उनले बताइन् । प्रायः एक्सन र लभस्टोरी फिल्ममा काम गरिरहेकी अभिनेत्री कटरीना कैफले अहिलेसम्म हरर फिल्म भने गरेकी छैनन् । उनी आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँछिन् । उनी भन्छिन्, ’म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म पनि गर्ने छैन ।’ उनले डरका कारण अहिलेसम्म हरर फिल्म समेत हेरेकी छैनन् । भर्खरैमात्रै रिलिज भएको फिल्म ’भारत’ ले अहिले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको ६ दिनमा भारतबाट मात्र १ सय ५९ करोडको व्यापार गरिसकेको छ । फिल्मले चाँडै दुई सयको आँकडा पार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ । अभिनेत्रीले आफूलाई मनपर्ने फिल्मबारे बताउँदै भनिन्, ’जूलिया रोबर्ट्स, मेग रयान, हग ग्रान्टका फिल्मले वास्तवमा तपाईंको मुडलाई ठिक गर्न सक्छ । ’स्लीपलेस इन सेटर’, ’प्रीटी वूमन’, ’फोर वेडिग एन्ड ए फ्यूनेरल’ फिल्ममा एक बचपना, सत्यता र हर्षित गर्ने ल्याकत छ ।’ उनी भन्छिन्, ’म निकै डराउँछु । हरर फिल्म हेर्न सक्दिनँ र आजसम्म हेरेको पनि छैन ।’

यसमा तपाइको मत