शौचालयको छाना भत्किँदा ४ बालबालिकाको मृत्यु

दार्चुला, २९ जेठ । दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ४ बालबालिकाको मृत्यु भएको छ । विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको भनाइ छ ।ज्यान गुमाउनेमा अन्दाजी ७–८ वर्षकी निरुता ठगुन्ना, ९–१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८–९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *