पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं, २७ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीनकुनेबाट पेस्तोलसहित एक जना पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित सोलुखुम्बुका साङ्गेल शेर्पालाइ पक्राउ गरेको हो । पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डिएसपी होबिद्र बोगटीले जानकारी दिए । उनले कहाँबाट हतियार ल्याए र किन ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *