प्रेस स्वतन्त्रताकोलागि ढुक्क हुन आग्रह

विराटनगर, २७ जेठ । प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति प्रेसलाई वर्तमान सरकारले अङ्कुस लगाउने कुनै पनि कार्य नगर्नेमा ढुक्क हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आग्रह गरेका छन । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई थप व्यवस्थित बनाइने विचार व्यक्त गरे । उनले विधेयकले प्रेसलाई मर्यादित बनाइ अनुचित र गैरजिम्मेवार ढङ्गले गर्ने कार्यलाई भने नियन्त्रण गर्ने बताए । उनले विधेयकले नेपाली प्रेस जगतलाई व्यवस्थित र मयादित बनाउने उल्लेख गर्दै विधेयकलाई व्यवस्थित बनाउन आवश्यक सल्लाह र सुझावलाई सरकारले आत्मसात गरेर अघि वढने प्रष्ट पारे । उनले कार्यपालिकाले संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा हस्तक्षेप गर्न नमिल्ने बताए । लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर प्रष्ट पारिसकेको अवस्थामा उनले अन्य कुरामा सत्यता नभएको विचार व्यक्त गरे । उनले प्रदेशस्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा स्थानीय निकायलगायत प्रदेशस्तरमा कर्मचारी पदपूर्तिका लागि सङ्घीय लोकसेवा आयोगले गरेकोे कर्मचारीको मागको विज्ञानलाई अनुचित भन्न नमिल्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *