च्यासल युथ क्लब सेमिफाइनलमा

नुवाकोट, २७ जेठ (रासस) । नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकपअन्तर्गत सोमबारको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । मनाङलाई २–० गोलले पराजित गर्दै च्यासल सेमिफाइनलमा प्रवेश गरेको हो । च्यासलका लागि मिलन राई र सवी गुरुङले गोल गरेका थिए । बट्टार क्याम्पसको खेलमैदानमा भएको खेलमा च्यासलका सवी गुरुङ म्यान अफ दी म्याच घोषित भए । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको उक्त प्रतियोगिताअन्तर्गत मङ्गलबार नुवाकोट–११ र नेपाल पुलिस क्बलबीच खेल हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *