विरोध प्रदर्शनमा प्रहरीको चरम दमन

काठमाडौँ, २७ जेष्ठ । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले चरम दमन गरेको छ ।गुठी विधेयकविरुद्ध आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले विरोध प्रदर्शन भएका छन । सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकले जग्गा हडप्ने बाटो खुला गरेको भन्दै सरोकारवालाहरु विरोध प्रदर्शनमा उत्रेका हुन । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडप र पानीको फोहोराबाट करिब एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ ।संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने भन्दै उनिहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले विधेयक संविधान विपरीत भएकाले खारेज गर्न मागसमेत गरेका छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै गुठीयारको दाबी छ ।देशभर देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसदमा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।
सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार भएको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *