ठगीको आरोपमा डिस्को संचालक पक्राउ

काठमाडौं, जेठ २७ । क्षमता भन्दा बढी टिकट बेचेर ठगी गरेको अभियोगमा डिस्को संचालक पक्राउ परेका छन । ठगीको आरोपमा काठमाडौंको ठमेलस्थित एलओडिका संचालकसहित ३ जना पक्राउ परेका हुन । एलओडिकी संचालक दीपक घिमिरेसहित ३ जना पक्राउ परेको एसएसपी उत्तम सुवेदीले जानकारी दिए । भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो। क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन । २ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो । कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए । उनीहरुको रकम फिर्ता गर्ने उद्धेश्यले पनि संचालक घिमिरेसहित ३ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *