गोल्डस्टारले स्पोर्टस अवार्डमासाथ दिने

काठमाडौं, २७ जेठ (रासस) । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ । पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आइतबार आयोजित कार्यक्रममा किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।त्यस्तै विभिन्न विधामका मनोनयनमा परेका खेलाडी र विजेतालाई गोल्डस्टार उत्पादकले आफ्ना उत्पादन सामग्री सहितको गिफ्ट ह्याम्परसमेत उपलब्ध गराउने छन् ।आगामी असार १७ गते हुने अन्तर्राष्ट्रिय खेलकूद पत्रकार दिवसका अवसरमा प्रदान गरीने १६ औँ संस्करणको उक्त स्पोर्ट्स अवार्डमा यसपटक विभिन्न १० विधालाई समावेश गरिएको छ । जसअन्तर्गत पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवावर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर तथा इन्टरनेशनल एशियन स्पोर्ट्स जर्ना्लिस्ट अवार्ड रहेको छ ।वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले समान एक÷एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता खेलाडीले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *