पुलिस क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा

नुवाकोट, २७ जेठ (रासस) । नुवाकोट गोल्डकपको आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई पराजित गरेको छ । नेपाल पुलिसले एपिएफलाई ३–२ गोलले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । खेलको ४०औँ मिनेटमा एपिएफका लागि नविन लामाले गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा पुलिसका लागि अजित भण्डारी, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । एपिएफका आसिस लामाले अर्को गोल गरेका थिए । सेमिफाइनलमा पुलिस आयोजक नुवाकोट–११ सँग भिड्ने छ । गत वर्ष पुलिसले फाइनलमा थ्री स्टारलाई पराजित गरी उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *