परिषद्को नयाँ नेतृत्व लिन पर्यटन व्यवसायी प्रकाशनरसिंह राणा तयार

परिषद्को नयाँ नेतृत्व लिन पर्यटन व्यवसायी प्रकाशनरसिंह राणाले आफू तयार भएको सार्वजनिक गरेका छन् । राणाले मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी परिषद्को नेतृत्व लिन आफू तयार भएको जनाउ दिएका छन् ।
ठमेलक्षेत्रका दुईसयभन्दा बढी पर्यटनव्यवसायीहरू सहभागि उक्त कार्यक्रममा उम्मेदवार राणाले ठमेलको पर्यटन विकास, फोहर व्यवस्थापन, ढल निकास, सवारी साधन निषेधित क्षेत्र घोषणा लगायत सुधारका कार्यक्रमको वारेमा जानकारी दिए । ठमेलका पर्यटन व्यवसायीहरूको छाता संगठन परिषद्मा करीव आठसय सदस्यहरू आवद्ध छन् । राणा नेतृत्वको समूहले ठमेलक्षेत्रमा चुनाव प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचारप्रसारमा सहभागिहरूले ठमेलक्षेत्रलाई पर्यटन क्षेत्र (पर्यटकीय नगरी) घोषणाको माग गरेका छन् । त्यस्तैं, अर्को दुई उम्मेदवार प्रधान र शर्माले भने औपचारिक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका छन् । शर्माले भने, उम्मेदवारीका विषयमा छलफल हुदैछ अव केही दिनमा नै घोषणा हुन्छ । परिषद्को नयाँ कार्यसमिति १७ सदस्यीय हुनेछ । सहमतिका आधारमा नेतृत्व दिन आग्रह गर्दै आएका शर्मालाई नेतृत्व दिने विषयमा ठमेलका पर्यटन व्यवसायीहरु सहमत देखिदैन्न । तर, राणाको समूहले भने आफ्नो नेतृत्वमा सहमतिभए मात्र मान्ने हुने बताउदै आएको छ । परिषद्का उपाध्यक्ष राजुमान डंगोलले उम्मेदवार राणा ठमेलक्षेत्रको पुरानो तथा निकै मिहनेती पर्यटन व्यवसायी भएकाले अवको नेतृत्व उनले नै पाउनुपर्ने दावी गर्छन् । राजनीतिक वाद भन्दा काममा परिपक्व, अनुभवी र ईमान्दार नेतृत्वको आवश्यक भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *