ओली र नेपाल पक्षले अडान नछोडेपछि सचिवालय बैठक निष्कर्षविहिन, एउटै नेतालाई दोहोरो जिम्मेवारी दिने या नदिनेबारे विवाद

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले अडान नछोडेपछि सचिवालय बैठक निष्कर्षविहिन भएको छ । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नेकपाको नियमित बैठक बस्दै आएको थियो । नेपाल पक्ष एउटै नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान छ भने ओली पक्ष दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छ । नेकपामा देखिएको कार्य्विभाजनको विवाद टुंगिन समय लाग्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब आफू युरोप भ्रमणबाट फर्किएपछिमात्रै बाँकी रहेका सबै विषय टुंग्याउने प्रस्ताव राखेपछि कार्यविभाजन लम्बिएको हो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले ओली र नेपाल दुबै सहमत हुने गरी मध्यमार्गी उपाय सुझाए पनि दुई नेताहरूले आफ्नो अडान नछोडेपछि बैठक निष्कर्षविहिन भएको छ । बालुवाटार स्रोतका अनुसार अब सचिवालय बैठक प्रधानमन्त्री युरोपबाट फर्किएपछिमात्रै बस्नेछ । प्रधानमन्त्री ओली नौ दिने भ्रमणका लागि यही जेठ २५ गते युरोप जाँदै छन् । उनी असार १ गते नेपाल फर्किने कार्यक्रम छ । नेकपाको ४५ सदस्यीय स्थायी समितिमा २६ जना पूर्वएमाले छन । तीमध्ये १५ जना ओली पक्षधरका छन् भने ११ जना नेपाल पक्ष । स्थायी कमिटीका ओली पक्षधरका १५ जना सदस्यमध्ये मुकुन्द न्यौपाने र छविलाल विश्वकर्माबाहेक अरू नेता पार्टी र सकारको कुनै न कुनै जिम्मेवारीमा छन्। नेपाल पक्षधरका भने मन्त्री, सांसद र जिल्ला अध्यक्ष गरेर ६ जनामात्रै जिम्मेवारीमा छन्।
स्थानीय जनप्रतिनिधि मन्त्री, सांसद र प्रदेश सांसदहरू पनि केपी ओली पक्षधरकै वर्चश्व रहेकाले पार्टी्भित्र आफ्नो उपस्थिति कमजोरी हुने आँकलनसहित नेपाल पक्ष दोहोरो जिम्मेवारीको विपक्षमा उभिएको हो । यसअघि जिल्ला अध्यक्ष र सचिवको भागबन्डा हुँदा पूर्वएमालेको भागमा परेकामध्येमा नेपाल पक्षको वर्चश्व भएपछि पार्टीमा आफ्नो पकड कमजोर हुन सक्ने भन्दै ओली पक्ष झस्किएको छ ।‘जिल्ला अध्यक्षमा ९ जना र सचिवमा २५ जना नेपाल पक्षका नेताहरू छन, दोहोरो जिम्मेवारीको मापदण्ड जिल्ला इन्चार्ज सहइन्चार्जदेखि सचिवायलसम्मै लागू हुन्छ । नेताहरूलाई दोहोरो जिम्मेवारी नदिने मापदण्ड लागू भयो भने सचिवालय सदस्यले दाबी गरिरहेका महत्वपूर्ण विभागको जिम्मेवारी पनि माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतममध्ये कोही एकको भागमा पर्न सक्छ । त्यसो हुँदा ईश्वर पोखरेल, रामबहादुर थापालगायतको पार्टीभित्र जिम्मेवारी हुँदैन । विष्णु पौडेल पनि महासचिवमात्र रहन्छन् । त्यसैले दोहोरो जिम्मेवारीबारे लचिलो बन्न नेपाल पक्षलाई ओली पक्षले आग्रह गरिहेको छ । कुनै नेताले चार वटासम्म जिम्मेवारी पाएको तथा कोही कामविहीन भइरहेको सन्दर्भमा यो मापदण्ड उचित नहुने नेपाल पक्षधरको जिकिर छ ।यसअघि जिल्ला अध्यक्ष र सचिवको भागबन्डा हुँदा पूर्वएमालेको भागमा परेकामध्येमा नेपाल पक्षको वर्चश्व भएपछि पार्टीमा आफ्नो पकड कमजोर हुन सक्ने भन्दै ओली पक्ष झस्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *