राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक ः अध्यक्ष थापा

काठमाडौं, २४ जेठ । राष्ट्रिय सहमतिका आधारमा संवैधानिक राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन । पार्टीले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताए । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा बुधबार आयोजित कार्यक्रममा उनले यात्राको दोस्रो चरणअन्तर्गत मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी गराए । राष्ट्रिय आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिए । उनले शान्ति प्रक्रिया टुङगिएका बेला विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गरे । अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताए ।
यसैगरी बुटवलमा मङ्गलबार राप्रपा प्रदेश नं ५ कार्यालय उद्घाटन गर्दै थापाले नेकपाका महासचिव विप्लवदेखि पूर्वराजासम्मलाई सहभागी गराएर गोलमेच सम्मेलन गर्न र मुलुकमा बढ् दो राजनीतिक सङ्कट समाधान गर्न सरकारसँग माग गरेका छन् । थापाले गणतन्त्र, सङ्घीयता र धर्म्निरपे क्षताको सफल कार्यान्वयन हुन नसकेको बरु थप जटिलता उत्पन्न भएकाले समीक्षा गर्ने बेला आएको पनि बताए । पूर्वराजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गरी देशमा दिगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने उनको भनाइ थियो ।थापाले भने, ‘लोकतन्त्रको विकल्प छैन । गणतन्त्र, सङ्घीयता र धर्म्निरपेक्षतामाथि प्रश्न उठेको छ । समाधानका लागि नयाँ सहमतिमा जानुपर्छ ।’थापाले राजतन्त्रको अन्त्यपछि पनि बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्मसंस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्मजस्ता समस्या र विषय कायमै रहेकाले गोलमेच सम्मेलन गर्नुपर्ने तर्क राखे । उनले भने, ‘माओवादी हिंसा सदाका लागि अन्त्य गर्न राजतन्त्रको अन्त्य गरिएको, सङ्घीयता र धर्मनिरपेक्षता ल्याएको भनियो तर माओवादीको हिंसा नयाँ रूपमा सुरु भइसकेको छ । राजधानीमै बम आतङ्क भएको छ । सोलुखुम्बुको एक गाउँमा प्रहरीहरू चौकी छाडेर भागाभाग गरेका छन् । बन्द–हडताल रोकिएको छैन ।’लोकतन्त्रको आवरणमा वली सरकारले लुटतन्त्र मच्चाएको र सर्वसत्तावाद उन्मुख भएको थापाले बताए । ‘अहिल्यै सर्वसत्तावाद आइसक्यो भन्न नमिले पनि मिडिया काउन्सिल विधेयक, सेना प्रमुखलाई उपेक्षा गरेर सेना परिचालन गर्न सक्ने, न्यायपालिका र संवैधानिक अङ्गहरूमा पार्टीकरणको प्रयासले सरकार क्रमशः र विस्तारै सर्वसत्तावादमा जाने निश्चित देखिन्छ’, थापाले भने, ‘एकपछि अर्को ठूलाठूला भ्रष्टाचारका काण्डलाई रोक्न र सर्वसत्तावादलाई रोक्न सरकार इतरका दल र शक्तिहरूबीच सहकार्य अपरिहार्य छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *