राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौं, २४ जेठ (रासस) । विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नं ३ लाई ३–० सेटमा पराजित गरी समूह ‘ख’ को विजेता बन्दै सेमिफाइलमा स्थान बनाएको हो । पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ अङ्कले हराएको हो । यस्तै एपीएफ क्लब प्रदेश नं १ लाई ३–० सेटमा हराउँदै समूह ‘क’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ अङ्कले पराजित गरेको हो । शुक्रबार सेमिफाइनल खेलमा पुलिसले आर्मीसँग तथा एपीएफले गण्डकी प्रदेशसँग खेल्नेछ । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *