विभिन्न खेलमा सट्टवाजी खेलाउने ३ जना पक्राउ

काठमाडौं, २४ जेठ । जारी विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेवाजी खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बज्र लामा, विद्युत् प्रकाश लामा र रामेछापका उमेश कार्की छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार विजेश्वरी र न्यूरोडबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।उनका अनुसार पक्राउ परेकाहरुले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि सट्टवाजी खेलाउने गरेका थिए ।उनीहरुको साथबाट एक लाख रुपैैयाँ नगद समेत बरामद भएको थापाले बताए ।पक्राउ परेका व्यक्तिमाथि सट्टावाजी गर्न नहुने कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *