सरकारी नितिनियम स्पष्ट र सहयोगी हुनु पर्दछ

हरिहर भण्डारी
प्रबन्ध निर्देशक
हिमालयन अनलाइन सर्भिस प्रा.लि. (होन्स)

० यतिबेला इन्टरनेट क्षेत्रको अवस्था कस्तो छ ?
– यतिबेला इन्टरनेट क्षेत्रमा प्रतिस्पर्धा छ । बजार बढ्दो छ । प्रतिस्पर्धी बढेका छन् जसको कारण गुणस्तरमा कमी आउँन सक्ने सम्भावना छ । यो क्षेत्रमा लक्ष्य अनुसारको जनशक्तीको पनि अभाव छ ।
० यो क्षेत्रलाई सरकारी क्षेत्रबाट कतिको सहयोग मिलेको छ ?
– सरकारी क्षेत्रबाट खासै सहयोग मिलेको छैन । जुन हिसाबबाट सहयोग मिल्नु पर्नै हो त्यो छैन । नितिगत र नियमनकारी संस्थाहरुबाट आवश्यकमात्रामा सहयोग मिलेमाअझ यो भन्दा स्तरीय सेवादिन सकिन्छ ।
० यो क्षेत्रमा राजनिति छकि छैन ?
– यस क्षेत्रमा राजनिति छैन भन्दा हुन्छ । हालसम्म देखिदैन पनि । राजनितीका सम्भावितकिरणहरुलाई नर्कान पनि सकिदैन ।
० यस क्षेत्रमा के के सुधारको आवश्यकता छ ?
– आवश्यकताअनुसारको जनशक्ती, उत्पादनमागअनुसारको वितरण सेवा, सेवा सम्वन्धीतशिक्षा र व्यवस्थीत नेटवर्क प्रणली अपरिहार्य छ । यतीभयो भने यस क्षेत्रलाई विकास विस्तार र मजबुतबनाउन सहयोग मिल्ने छ ।

० इन्टरनेट सेवालाई आम सर्वसुलभ गर्न के के गर्नु पर्ला ?
– इन्टरनेट सम्वन्धी नेटवर्कलाई आम सर्वसाधारण उपभोक्तासम्म पु¥याउनयसको सहजीकरणका लागी सबै भन्दापहिला सरकारी नितीनियम स्पष्ट र सहयोगीहुनुपर्दछ । ग्रामिण र विपन्नवर्गसम्मपुग्नहामीले प्रयास गरिरहेका छौं । यसको विस्तार पनिभई रहेको छ । गरिब तथाविपन्नवर्गकालागी सरकारी स्तरबाट केही छुटको व्यवस्थाहुनु पर्दछ ।

० इन्टरनेट क्षेत्रमा कानुनी झमेला छ की छैन ?
– स्पष्ट नितिनियमनभएकाले अनावश्यक केहीमात्रामाझमेलाबोक्नु परेको छ ।हामी सरकारी नितिनियम स्पष्ट र पारदर्शी होस भन्ने चाहन्छौं ।
० होन्स्को बर्तमान अवस्था कस्तो छ ?
सुधारोन्मुख र बजार केन्द्रीत छ । मागअनुसारको गुणस्तरिय सेवामाहामी प्रतिबद्ध छौं । हामी शहर देखी गाउँसम्मपुग्ने लक्ष्यलिएर अघि बढिरहेका छौं । विगतका भन्दाथप सेवाहरु पनिविस्तार भएका छन् ।

० अन्त्यमातपाईको के सन्देश छ ?
– हामी होन्सलाई एक नम्वरको बनाउने लक्ष्यलिएर अघि बढिरहेका छौं । आमजनताको साथ र सहयोग चाहन्छौं । हाम्रो सेवाअझविस्तारहुँदै छ । तपाईहरुको सहयोग र सल्लाहले होन्सलाई स्थानियतहसम्म पु¥याउने सोच छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *