सात लाख ५० हजार ईयू नागरिकद्वारा बेलायतमा बसोबासका लागि आवेदन

 

लण्डन, १६ जेठ (रासस÷एएफपी) ः सन् २०१९ को शुरूको चार महिनामा बेलायत बसोबासका लागि आवेदन गर्ने युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रका नागरिकहरूको सङ्ख्या सात लाख ५० हजार पुगेको बिहीबार सार्वजनिक बेलायतको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।बेलायत सरकारले ईयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सँगै करीब ३८ लाख ईयू नागरिकले स्थायीरूपमा बेलायत बसोबास गर्नका लागि आवेदन गर्ने देखिएको बताएको छ ।गत जनवरीमा सार्वजनिकरूपमा आएका हल्ला र अनुरोधप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री टरिजा मेले यदि उहाँकै शब्दमा ‘सम्झौताहीन बहिर्गमन’ लागू भएमा बेलायतले स्थायी बसोबासको आवेदन दिँदा लिँदै आएको ६५ यूरो बराबरको शुल्कको व्यवस्था खारेज गरिएको बताउनुभएको थियो ।बेलायती आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारीअनुसार यसरी आवेदन दिनेहरूमा सबैभन्दा बढी (एक लाख तीन हजार) पोल्याण्डका नागरिक रहेका छन् भने ९० हजार रोमानियाली र ७१ हजार इटालियाली नागरिकले दर्खास्त दिएका छन् । यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ।गृहमन्त्री साजिद जाविद, जो आगामी जुलाई प्रधानमन्त्री मेका ११ सम्भावित उत्तराधिकारीमध्ये एक हुन्, ले यो योजनालाई हेरिसक्नुभएको छ ।“ईयू नागरिक बेलायतको विकासका लागि योगदान गर्ने हाम्रा साथी, छिमेकी र सहकर्मी हुन् ।” जाविदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्रेक्जिटको जे नतिजा आए पनि हामीले उनीहरूलाई बेलायतमा बसोबास गरेको देख्न चाहन्छौँ ।”हाम्रो स्वतन्त्र र सिधा ईयू बहिर्गमन र त्यसपछिका समस्या समाधानको योजनाअन्तर्गत सात लाख ५० हजार ईयू नागरिकको आवेदन पूर्णतया प्रोत्साहनजनक देखिएको छ । यो योजनाले आगामी महिनाहरूमा सकेसम्म छिटो सफलता पाउनेछ ।सन् २०१६ मा ब्रेक्जिटको पक्षमा मतदान गरेका पोल्याण्ड तथा रोमानियालगायतका मुलुकका आप्रवासीको बेलायत बस्ने इच्छालाई सम्बोधन गर्दा आउनसक्ने आर्थिक ब्यवधानप्रति विभिन्न कोणबाट चिन्ता व्यक्त पनि हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *