खैरो हिरोइनसहित ३ जना पक्राउ

काठमाडौँ, १७ जेठ । लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन । खैरो हिरोइन सेवन गरेकै अवस्थामा उनिहरु पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका हुन । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताए । पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् ।
यसैगरी लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँगै जोडिएर घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको निष्कर्ष महोत्तरीको बर्दिवासमा निकालिएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौँको आयोजनामा बुधबार बर्दिवासमा सम्पन्न लागुऔषध, घरेलु हिंसा र यौनजन्य हिंसाका कारण र त्यसको न्यूनीकरणका उपायबारे भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले लागुपदार्थ दुव्र्यसनीका परिवारमा घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको अनुसन्धानले देखाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *