होटल सञ्चालकसहित ७ जना पक्राउ

 

झापा,१७ जेठ । दुई होटल सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीलेबुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । पक्राउ परेका सातै जनालाई बिहीबार जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ । पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *