क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने


काठमाडौँ, ११ जेठ । हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताएका छन । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको शनिबार समापन कार्यक्रममा बोल्दै उनले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताए । उनले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने विचार व्यक्त गरे । उनले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताउँदै हरेक क्रान्तिले नयाँ रुपान्तरणको सिर्जना गर्ने दावी गरे ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताईन । मन्त्री थापामगरले यो सरकारले जनताको मन र भावना जितेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताईन । कार्यक्रममा नेकपा नेताहरु बलराम बाँस्कोटा, सोम मिश्रलगायतले मदन भण्डारी एशियाली विद्यालय कम्युनिष्ट नीति, दर्शन र सिद्धान्त पढ्न, बुझ्न र जान्न पाउने अवसरका रुपमा स्थापना भएको बताए । तालीममा सहभागी प्रशिक्षार्थीले विद्यालयबाट माक्र्सवाद र समाजवादी सिद्धान्तका साथै त्यसको प्रयोगका बारेमा उत्कृष्ट अनुभव र ज्ञान हासिल भएको धारणा राखेका थिए । तालीममा ब्राजिल, चीन, मोरक्को, मलेशिया, अर्जे्न्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जना सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *