काठमाडौं, १२ जेष्ठ । राजश्व छलेर राज्यलाई नोक्सानी पु¥याउने एनसेल र बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारीलाई सरकारले कारवाही नगरे जनताले कारवाही गर्ने चेतावनी अखिल (क्रान्तिारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र लुहारले दिएका छन ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)सहित तीन विद्यार्थी संगठनले संयुक्त रुपमा भ्रष्ट एनसेल र बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारी विरुद्ध शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेका थिए । विरोधसभामा बोल्दै अखिल (क्रान्तिारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र लुहारले एनसेलले शाषक वर्गलाई आर्थिक प्रभावमा पारेर ७३ अर्ब भन्दा बढी राजश्व छलेर राज्यलाई नोक्सानी पु¥याएको भन्दै कर तत्काल चुक्ता गर्न माग गरे । त्यस्तै विद्यार्थी नेता लुहारले बालुवाटारको सरकारी जग्गा अतिक्रमणकारीलाई सरकारले कारवाही नगरे जनताले कारवाही गर्ने चेतावनी दिए । ‘सत्तापक्षका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा हडप्नेमा मुछिएका छन्।, तत्काल छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गर्दछौं,’ नेता लुहारले भने ‘अन्यथा जनताले छाड्ने छैनन् ।’उनले सरकारलाई काण्डैकाण्डले भरिएको सरकारको संज्ञा दिँदै एनसेल, वाइडबडी, निर्मला पन्त हत्याकाण्ड, बालुवाटार जग्गालगायत काण्डका दोषीलाई कारवाही नगरेसम्म विरोध प्रदर्शन नरोकीने बताए । विद्यार्थी वर्ग सचेत र विवेकशील शक्ति भएको भन्दै भ्रष्टचारी र हत्याराविरुद्धको आन्दोलन गर्दा जीवनभर जेल हालेपनि आफूहरु तयार रहेको बताउँदै भोजपुरमा युवा नेता तीर्थराज घिमिरे ‘राजु’लाई निहात्था अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गर्नेलाई यो सरकारले जेल हाल्छ कि हाल्दैन ?’ उनले प्रश्नसमेत गरे ।शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र हस्तक्षेप हुन्छ भने त्यसको जवाफ विद्यार्थीले राम्ररी दिने उनको तर्क थियो । अखिल (क्रान्तिकारी)ले सीमा अतिक्रमण, काला बजारिया, महंगी, भ्रष्टचारी, दलाल, माफिया, घुसखोर, तस्करलगायत राज्य र समाजका कलंकमाथि खबरदारी गर्दै आइरहेको र त्यो आगामी दिनमा पनि जारी राखिने उनले बताए ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरि गजुरेलले एनलेसले छली गरेको कर राज्यलाई तत्काल तिरेर दायित्व पूरा गर्न माग गरे । ‘छली गरेको कर एनसेलले नतिरी सुखै छैन’ उनले भने ‘अझै मौन बस्ने र पचाउन सकिन्छ भन्ने सोचेछन् भने त्यो कम्पनीकै लागि गम्भीर क्षतिको विषय हुनेछ ।’विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी रमेश सुनारलगायत विद्यार्थीहरुलाई सभास्थलबाटै गिरफ्तार गरेर सरकारले फाँसीवादको बाटो समातेको भन्दै उनले गिरफ्तार विद्यार्थीहरुलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरे । दमन र गिरफ्तारी श्रृंखरा रोक्न पनि मागसमेत गरे ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले शान्तिपूर्ण विद्यार्थी आन्दोलनमा प्रहरी दमन हुनु सरकारकै लागि प्रत्युत्पादक हुने बताए । एनसेलले राज्यलाई तिर्नुपर्ने कर तत्काल तिर्न उनले आग्रह गरे । बालुवाटारको सरकारी जग्गा हडप्ने तत्व भूमाफिया भएको भन्दै अध्यक्ष रायमाझीले अतिक्रमण गरिएको जग्गा तत्काल फिर्ता गर्न माग गरे । फिर्ता नगरिए जनताले नछाड्ने चेतावनी दिए ।सभा हुनुभन्दा पहिले शान्तिवाटीकाबाट शुरु भएको सयौंको ¥यालीले असन, जमल, घण्टाघर परिक्रमा गरेको थियो । ¥याली पुनः रत्नपार्कस्थित शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत भएकोे थियो । ¥यालीमा ‘दलाल–माफिया होशियार, भ्रष्ट एनसेल बहिष्कार गरौं, बालुवाटारको अतिक्रमित जग्गा फिर्ता गर, भूमाफियालाई कारवाही गर, झुठा मुद्दा खारेज गर, महान् सहिद जिन्दावाद, दोहोरो शिक्षा प्रणाली खारेज गर, जेठ १३ को नेपाल बन्द सफल पारौं’ सरकारी दमन मुर्दावाद’ जस्ता दर्जनौं किसिमका नाराहरु लगाइएको थियो ।
अखिल (क्रान्तिकारी)को ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनारलाई दरबारमार्ग वृत्तबाट खटिएको प्रहरी निरीक्षकको टोलीले विरोधसभा स्थलबाटै गिरफ्तार गरेको छ । सभा समापनपछि विभिन्न स्थानबाट आधा दर्जन विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यसैगरी एनसेल र भूमाफियाको प्रतिरोध गर्न विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले सबैमा अपिल गरेको छ ।सो संगठनका अध्यक्ष चिरिञ्जीबि ढकालले एक प्रेस विज्ञेप्ती जारी गर्दै एनसेल र भूमाफियाको विरोधमा आफ्ना नेता कार्यकर्ता गिरफ्तार भएको भन्दैं विरोध समेत व्यक्त गरेका छन् ।अध्यक्ष चिरञ्जीवि ढकालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय समितिका सचिवालय सदस्य विरेन्द्र लुहार, संगठनको ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनार, क्याम्पस जिल्लाका सचिव तारा सन्ज्याल र सदस्य बुद्धहाङ राईलाई शुक्रबार राजधानीको शान्तिवाटीकामा तीन विद्यार्थी संगठनले आयोजना गरेको संयुक्त विरोध सभाबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको जनाउँदै गिरफ्तारीको घोर भत्सर्ना र निन्दा गरेका छन् । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर राष्ट्रघाती, भ्रष्ट, जनविरोधी र फाँसीवादी कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै फाँसीवादको विरोधमा उत्रिएका विद्यार्थीहरुलाई गैरन्यायिक ढंगले गिरफ्तार गरी यातनासहित हिरासतमा राखिएको विज्ञप्तिमा जनाइएको छ । विद्यार्थी नेताहरुको गैरन्यायिक गिरफ्तारले सरकार र गृह प्रशासनको असली फाँसीवादी मुकुण्डो उदांगिन पुगेको उल्लेख गर्दै गिरफ्तार नेताहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । साथै राजश्वमारा एनसेल, सरकारी जग्गा हडप्ने भूमाफिया र घिमिरेको गैरन्यायिक हत्या गर्ने दलाल फाँसीवादी सरकारको प्रतिरोध गर्नसमेत अध्यक्ष ढकालले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।