सामाजिक भावनालाई आत्मासात गर्न जोशीको आग्रह


काठमाडौं, १२ जेठ । सामाजिक भावनालाइ आत्मासात गर्दै उदाहरणीय कार्य सम्पादन गर्न सम्वद्ध सवै क्लवलाइ लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को(निर्वाचित ईनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर) लायन शोभा जोशीले आग्रह गर्नुभएको छ । लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिष्ट्रिक्ट गभर्नर चौथौ एडभाइजरी कमिटी मिटिङ एण्ड फेलोसीप कार्यक्रममा सम्बोधन गर्दै जोशीले समाज र देशले आफुलाइ के दियो भन्दा पनि आफुले देश समाजलाइ के दिन सक्यौ भन्ने भावनालाइ आत्मासात गर्दै उदाहरणीय कार्य सम्पादन गर्न सम्वद्ध सवै क्लवलाइ आग्रह गर्नुभएको हो । यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्ययोजनाको सकारात्मक पक्षप्रति प्रकाश पार्दै सम्वद्ध सवैक्लवलाइ क्लव सदस्य थप्न आग्रह गर्नु भएको थियो । साथै उहाँले आउने दिनहरुमा पनि निरन्तर मानवसेवामा र लायन्सको प्रगतिमा आफु निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मल्टिपल चिएर पर्सन लायन डिआर खनाल, मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमिरेल नव निर्वाचित फस्ट भिडिजी लायन डा शुशीला मल्लले बोल्नु भएको थियो । कार्यक्रममा पीएमसीसी लायन कयामुद्दीन, पीएमसीसी लायन पंकजराज प्रधान, पीडिजी लायन मधुकर कुमार उपाध्याय, पीडिजी लायन बीजु वज्राचार्य, पीडिजी लायन केपी अवाल लगायत विभिन्न लायन्सका अग्रज लिडरहरुको उपस्थितिमा दुवै जोन अन्र्तगतका क्लव अध्यक्षहरुलाइ लायन्स इन्टरनेशनल पिन र प्रमाणपत्रबाट र ट्रेजर लायन विधान जोशी क्याबिनेट सेक्रेटरी लायन दिपककृष्ण प्रजापति लगायत जिम्मेवार लायन्स पदाधिकारीलाई समेत सम्मानीत समेत गरिएको थियो । काठमाडौं फेलोसीपका अध्यक्ष लायन स्वदेश महर्जनले कार्यक्रममा सहभागि सबैलाई धन्यबाद ज्ञपान गर्नु भएको थियो । जोन चियर पर्सन लायन भरत प्रशाई र निराजन खनाल नेतृत्वको दुइ अलग अलग जोन अन्र्तगतका जोन मिटिङ्गमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्नालिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलेशन त्यस्तैगरि लायन्स क्लव अफ कागेश्वरी, लायन्स क्लव अफ ओपेरा सिटी, लायन्स क्लव अफ पर्ल सिटी र लायन्स क्लव अफ हेल्पीङ्ग हर्टस लगायतका क्लव अध्यक्षहरुले आ–आफ्नो क्लबको तर्फबाट सम्पादन भएको कार्यप्रगति र भावी योजनाको प्रतिवेदन पेश गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *