वुमन्स च्याम्पियन्स लिग टी २० क्रिकेट हुने

काठमाडौँ, १ जेठ (रासस) । वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेट असोज ३ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भएको छ ।वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेटको ड्राफ्ट मंगलवार सम्पन्न भएको छ । सहभागि ५ टिमले ड्राफ्टबाट ११–११ खेलाडी आफ्नो टिममा राखेका छन्। ड्राफ्टमा कूल १०७ खेलाडीले नाम दर्ता गराएपनि ड्राफ्टबाट कूल ५५ खेलाडी मात्र सहभागि टिममा पर्न सफल भए।ड्राफ्टमा डायमण्ड, सफाएज र रुबिज गरि तीन श्रेणीमा खेलाडीलाई विभाजन गरिएको थियो । जसअनुसार डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । उनहीहरुको मूल्य ७५ हजार थियो। यस्तै रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्रा्ष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी थिए । उनीहरुको मूल्य ५० हजार थियो भने सफायजमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए र उनीहरुको मूल्य २५ हजार थियो । पहिलो पटक नेपाली क्रिकेटमा ड्राफ्टबाट खेलाडीहरु सहभागि टिमले लिएको हो । सबै टिमका प्रशिक्षकले ड्राफ्ट पहिलो पटक भएकोले फरक अनुभव भएको र सोचे अनुसार नै टिम तयार पार्न सफल भएको प्रतिक्रिया दिए । क्वीनन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेट हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *