कम्युनिष्ट सरकारबाट जनताले राहत नपाउने ठोकुवा

काठमाडौं, २९ वैशाख । कम्युनिष्ट सरकारबाट जनताले राहत नपाउने नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ठोकुवा गरेका छन । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिबार आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन । उनले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताए । “सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उनले भने । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए । उनले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने दावी गरे ।
सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा उनले सो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको छ ।’सरकारले काम केही नगरी समृद्धिको नारा मात्र लगाएको भन्दै उनले आलोचना गरे । उनले वर्तमान सरकारले सुशासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाए । दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने ठोकुवा उनले गरे । नेपाली जनतालाई अधिकार दिलाउनका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । दुई तिहाई वा बहुमत जस्तो सरकार भए पनि संविधानको भावना र मर्मविपरीत अगाडि बढ्न खोजे कांग्रसले प्रतिवाद गर्ने उनले स्पष्ट पारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *