सावित्रा बनिन् प्लेयर अफ् द म्याच


काठमाडौँ, २५ वैशाख (रासस) । नेपाल महिला फुटबलर सावित्रा भण्डारी प्लेयर अफ् द म्याच बन्न सफल भएकी छिन । भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राको सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६–४ ले हरायो । पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस क्लवविरुद्ध खेलको ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भइन । उनले खेल सुरु भएको २९ सेकेण्डमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि १६ औंँ मिनेटमा उनले गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै एक्रोब्याटिक सट प्रहार गर्दै गोल गर्न सफल भइन् ।त्यसपछि ३४ औं मिनेटमा फेरि उनले एकल प्रयासमा गोल व्यक्तिगत ह्याट्रिक तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यसपछि सेथुले अर्को गोल गर्दा दुई गोल खान पुग्यो । जसका कारण पहिलो हाफमा चार–दुईको अग्रता लिन सफल भयो । दोस्रो हाफमा सावित्रा र अनिता बस्नेतको टिम सेथुले थप दुई गोल गर्दा २ गोल खान पुग्यो । नेपाली महिला फुटबलरले पहिलो पटक भारतीय भूमिमा फुटबल लिग खेलिरहेका छन् । यसअघि सावित्रा र अनिता माल्दिभ्समा फुटसल लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *