जनसरकार प्रमुखसहित दुई नेता पक्राउ

काठमाडौँ, २५ बैशाख । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ परेका छन । जनपरिषद्का जिल्ला अध्यक्ष एवं जनसरकार प्रमुख शिव शङ्कर अधिकारीलाई र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य विवेक विक तनहुँ जिल्लाको भानु नगरपालिकाबाट मङ्गलबार उनिहरु पक्राउ परेका हुन । उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् । पक्राउ परेका विरुद्ध तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीका जिल्ला अध्यक्ष विष्णु राउत सोमबार रिहा भएका छन् । सरकारले प्रतिबन्ध लगाएपछि गृह प्रशासनले नेता राउतलाई सदरमुकाम सन्धिखर्कबाट पक्राउ गरेको थियो । नेता राउतलाई प्रहरीले सार्वजनिक मुद्दा लगाई हिरासतमा राखेको थियो । राउत २३ दिनको लामो समय हिरासतमा बसी धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै आफुले जस्तोसुकै मुल्य चुकाउनु परे पनि राष्ट्र र जनताको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक धनराज शाही बैशाख २४ गते रिहाई भएका छन् । संयोजक शाहीलाई मानव अधिकारकर्मी, इन्सेक प्रतिनिधि र पत्रकारहरुको जिम्मामा छाडिएको हो । शाहीलाई २०७५ चैत ११ गते तिलागुफाको गाल्जेबाट प्रहरीले पक्राउ गरी बिष्फोटक तथा संगठित अपराधको मुद्दा चलाएको थियो । चैत्र २९ गते अदालतले ३० हजार धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः अदालत परिसरबाट पक्राउ गरी सार्वजनिक स्थलमा अभद्र ब्यवहार गरेको भन्दै सार्वजनिक मुद्दामा पक्राउ गरी हिरासतमा राखेको थियो । सार्वजानिक मुद्दाको सोमबार प्रशासनमा फैसला भएपनि शाही मंगलबार बिहान ४५ दिनपछि मानव अधिकार र पत्रकारको रोहबरमा बिना सर्त छोडिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *