ग्लोबल आइएमई बैंकद्धारा व्हीलचेयर वितरण

काठमाडौँ, २० वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तर दायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख श्री गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक श्री दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गर्नुभएको छ ।
करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामाअपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउनक्रियाशिल रहिआएको संस्था हो।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तर दायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्पलगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *