आइसीसीमा नेपालभन्दा पछाडि २ राष्ट्र

 

काठमाडौं, २० बैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसीसीले बिहीबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल यथावत रहेको हो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो । गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २–१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो । युएई १५औँ र केही दिनअघि मात्र ओडिआई मान्यता पाएको पपुवा न्युगिनी १६औँ स्थानमा छ । नेपालको रेटिङ १९ छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *