विप्लव निकट शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ

भीमदत्तनगर, २० वैशाख । विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पक्राउ परेका छन । अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाएको आरोप लगाएको छ । प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ । आफन्तसँग भेटघाटको शिलिशिलामा गएको बेला लम्साललाई प्रहरीले गिरफ्तार गरेको शिक्षक सङ्गठनले आरोप लगाएको छ । । गिरफ्तारपछि प्रहरीले कुनै जानकारीसमेत नदिएको आफन्तले बताएका छन् । आस्थाकै आधारमा लम्साललाई पक्राउ गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *