पेट्रोलीयम पदार्थको मूल्यवृद्धि

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो।निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *