वैकल्पिक शक्ति निर्माणका लागि नयाँ शक्ति र फोरमले राजनीतिक गबन्धन बनाउने, मोर्चाको नेतृत्व डा.भट्टराईले गर्ने


काठमाडौं, २० वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले राजनीतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने भएको छ । बिहीबार नयाँ शक्ति पार्टी कार्यालयमा फोरम नेपाल, राािष्ट्रय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्ति बीच भएको छलफलपछि तत्कालका लागि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता टरेको छ । अब फोरम नेपालसँग मात्र एकता नभएर राजपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति लगायतबीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भटराईले बताएका छन । बैठकमा वैकल्पिक शक्ति निर्माण गर्नका लागि राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको छ जसको नेतृत्व अध्यक्ष डा.भट्टराईले गर्ने बताइएको छ । यता, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार ‘वान टु वान’ वार्ता भएको छ । यी दुईजना अध्यक्ष बीच विहान पहिलो एक चरणको ‘वान टु वान’ वार्ता भयो भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा भएको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ । विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिएका थिए । ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ । दुवै दलबाट एकीकृत पार्टीको राजनीतिक दस्तावेज अनुमोदन भएपछि फोरम र नयाँ शक्तिबीच वैशाख २३ गते पार्टी एकता हुने बताईएको छ । वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए । यस्तो छ भागबण्डाको तयारी पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको छ । यी तीन जनाको नाम राखेर मात्र पार्टी एकीकरणको घोषणा हुनेछ । त्यसपछि अन्य पदाधिकारीको विषयमा सहमति गर्ने स्रोतले जनाएको छ । महासचिवमा उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव रहने, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ महासचिव रहने मोटामोटा सहमति भएको बताइएको छ । प्रदेश १, २ र ५ मा फोरम नेपालका तर्फबाट जो अध्यक्ष छन् उनीहरु नै रहने, ३ नम्बर प्रदेशमा अशोक राईको तर्फबाट र ६ र ७ नम्बर प्रदेशमा डा.बाबुराम भट्टराईका तर्फबाट अध्यक्ष रहने मोटामोटी सहमति भएको स्रोतले जनाएको छ । प्रदेश १, २ र ५ मा मनोनित हुने सदस्य तथा पदाधिकारीमा नयाँ शक्तिबाट समायोजन गरिनेछ भने अन्य प्रदेशमा पनि वरिष्ठताका हिसाबले तीनवटै समूहबाट समायोजन गरिने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *