आवश्यकता अनुसार संविधान परिमार्जन र संशोधन हुन्छ ः प्रचण्ड

काठमाडौं, १८ बैशाख । आवश्यकता अनुसार संविधान परिमार्जन र संशोधन हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ’प्रचण्ड’ ले बताएका छन । मंगलबार प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममार्फत मधेस तराई फोरमलाई पार्टीमा विलय गराउँदै उनले संविधान गतिशील दस्तावेज भएको बताए । उनले भने,, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’ अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताउँदै संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए । उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । उनले प्रदेश सरकारले जनताको हित अनुसार काम गर्न नसकेको भन्दै प्रदेश २ मा ने क पाको सरकार बनाउने संकेत गरे।‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ उनले अगाडि भने ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ । नत्र हुन सक्दैन यो कुरा प्रष्ट देखिएको छ ।’उनले ठूलो पार्टीको हैसियतले त्यहाँ चलखेल गर्दा सरकार बन्न सक्ने बताए । प्रचण्डले मधेसमा भ्रष्टाचार बैइमानी बढेको बताए । ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति–व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ’ उनले भने, ‘तर हामीले फेरि उनिहरुले बनाएको सरकार राम्रो काम गरोस, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ। सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । अध्यक्ष प्रचण्डले फोरमको पार्टीमा विलयसँगै देशभरमा विशेष प्रभाव पर्ने अझ २ नं प्रदेशमा यसको प्रभाव थप पर्ने बताए । फोरमका अध्यक्ष अमर यादवसहित ओमप्रकाश जयसवाल लगायतका नेताहरुलाई प्रचण्डले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । जयसलवाल प्रतिनिधिसभा निर्वाचनमा ने क पाका सांसद तथा प्रदेश २ का अध्यक्ष प्रभु साहको निर्वाचन क्षेत्रबाट पराजित उम्मेद्वार हुन् । उनले पार्टी प्रवेश गर्ने नेताहरुलाई पार्टीमा भूमिकामा दिने र यादवसहितका केन्द्रीय नेताहरुलाई समायोजन गरेर केन्द्रीय भूमिका दिने विश्वास दिलाए । कार्यक्रममा बोल्दै प्रचण्डले सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, “हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको काम पनि अघि बढेको छ ।” उनले तराई मधेशमा सरकार मधेशी जनताको हित अनुकूल नचलेको बताए । “तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ”, उनले भने ।
यसैबीच मधेस तराई फोरम नेपालका अध्यक्ष यादवले संविधानमा देखिएका असन्तुष्टि नेकपा र नेकपा नेतृत्वको सरकारले सम्बोधन गर्ने विश्वासका साथ यो निर्णयमा पुगिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *