एकीकरणलाई पूर्णता दिन सचिवालय बैठक बस्दै

 

काठमाडौँ, १५ वैशाख । एकीकरणका कामलाई पूर्णता दिन आईतबार नेकपाको सचिवालय बैठक बस्दै छ । अर्को हप्तातिर स्थायी कमिटीको बैठक बस्ने स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले बताए । उनले अबको केही दिनमै जिल्ला कमिटीले पूर्णता पाउने बताए । ‘केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुंगाइसकेपछि अब जिल्ला कमिटीले छिटै पूर्णता पाउँछ । यसअघिनै सबै जिल्लाबाट कमिटीमा रहने सदस्यको नाम प्रस्तावित भैसकेका छन’ नेता शर्माले भने, ‘जिल्लामा अब अध्यक्ष र सचिव भैसकेको हुँदा तिनै प्रस्तावित नामलाई प्रदेश कमिटीले सम्बन्धित जिल्लामा पठाइदिन्छ । हाम्रो प्रदेशको सन्दर्भमा एकपटक सबै जिल्लाका अध्यक्ष र सचिवसँग प्रस्तावित भएका नामावलीमा केही परिमार्जन गर्नुपर्ने भए सोधेर जिल्ला पठाइदिन्छौँ ।’नेता शर्माले केही दिनमा स्थायी कमिटीको बैठक बसेर बाँकी रहेका एकीकरणका कामलाई पूर्णता दिने बताए । नेता शर्माले भने, बैठक पछि बाँकी सबै एकीकरणका काम टुंगाउने तयारी भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *