संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था छैन ःगृहमन्त्री


जनकपुरधाम, १५ वैशाख । संविधानमा एउटा प्रदेशमा दुईवटा प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन । गृह मन्त्रालयद्वारा शनिबार जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था छैन भने । उनले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताए । सरकारले सङ्घीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापालेले सङ्घले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताए ।उनले सरकारले नागरिकता समस्या हल गरिसकेको छ भन्दै सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई विसं २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पारे ।मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गर्दै स्वतन्त्र मधेशको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको जनाए । मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक रूपले सुधार र लगानी प्रवद्र्धनको महत्वपूर्ण आधार खडा भएको बतादै आगामी लक्ष्य आर्थिक विकास दरमा वृद्धि रहेको धारणा राखेका छन । गृहमन्त्री बादलले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको भन्दै राज्य तथा संविधान विरोधी गतिविधि हुन नदिन निर्देशन दिए । साथै धार्मिक, क्षेत्रीय, वर्गीयलगायत कुनै पनि किसिमका द्वन्द्व हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन भनेका छन् । बैठकले राउत समूहबारे पर्ख र हेरको नीति लिँदै राउत समूहको गतिविधिमाथि निगरानी गरिरहनु पर्नेमा जोड दिएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *