नयाँ सांस्कृतिक क्रान्ति चाहिएको छ ः प्रचण्ड

काठमाडौं,९ बैशाख । देशमा ‘नयाँ सांस्कृतिक आन्दोलन र क्रान्ति चाहिएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले बताएका छन । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक आन्दोलन गर्न आह्वान गरेका छन । चीनको जस्तो नभएर नेपालको सांस्कृतिक आन्दोलन आवश्यक रहेको प्रचण्डले बताएका छन । नयाँ युवाको जोस र पुराना अनुभवलाई समेटेर आन्दोलन हुनु पर्छ,’प्रचण्डले भने,‘भ्रष्टाचार, जालझेलकाविरुद्ध आन्दोलन जरुरी छ । चीनको सांस्कृतिक क्रान्ति नबुझियोस् नेपालको सांस्कृतिक क्रान्ति चलाउनु छ ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको गाँठो फुकेको बताएका छन् । अध्यक्ष प्रचण्डले जिल्ला कमिटीहरुको एकता सबभन्दा कठिन भएको बताए । जिल्ला कमिटीहरुको एकीकरण फलामे ढोका भएको बताउँदै प्रचण्डले भने,‘फलामे ढोका फोरेर एकता अगाडि बढएका छौं । जिल्ला कमिटी मै हाम्रो गाँठो परेको थियो । त्यो गाँठो फुक्यो । ’जिल्ला कमिटीको एकता भएपछि मिसन कमप्लिट भएको दाबी उनले गरेका छन् । पार्टीको एकता घोषणा भएको पछिल्लो एक वर्षभित्र पार्टीमा गाँठो परेको बताउँदै प्रचण्डले भने,‘राम्रो गर्ने उदेश्य राखे पनि गाँठो कसिएको जस्तो देखियो । अन्तमा हामी जहाँबाट सुरु गर्यौं त्यही पहिलेकै ठाउँमा गएर काम पुरा गरौं । ’जिल्ला कमिटीको एकता घोषणाले प्रतिक्रियावादीहरुका लागि प्रतिवाद र कम्युनिष्टहरुका लागि उत्साह भएको उनले बताए । एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य प्रयास भएको दाबी गर्दै प्रचण्डले भने, ‘सानो मेहेनतले एकता भएको होइन । निर्वाचन सकिएपनि एकता रोक्न नेपालभित्र र बाहिर प्रयास भयो ।’प्रचण्डले आगामी ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सम्मेलन सकिने बताए । एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने तयारी भएको प्रचण्डले जानकारी गराए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाएका छन । सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको आरोप लगाउँदै नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, ’कांग्रेसले गलत बाटो समात्यो । कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन ।’ लोकतान्त्रिक शक्तिसँग मिल्नुपर्ने धारणा राख्दै ओलीले थपे, ’मिलेर अघि बढ्न सक्थ्यो । धेरै दबाव दिएमात्र बाध्य पारेमात्र सहकार्यक गर्ने । प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति कांग्रेसले लियो । अब त्यो बाटो लिनुहुदैन । कांग्रेसले लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ ।’ कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो । ’आज अचम्म लाग्छ । कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा विचित्र लाग्छ । मेरो शासक भइदेउ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन,’ ओलीले भने । ओलीले आफूहरुले जित हात पारेको बताएका छन । आफूहरुले धेरै पहिले ‘हामी जित्नेछौँ’ भनेर गीत गाएको स्मरण गर्दै अध्यक्ष ओलीले लामो समयको संघर्ष र आन्दोलनपश्चात नेपाली नागरिकको जित भएको बताए । ओलीले ठूलो कष्ट, बाधा र व्यवधान व्यहोर्दै नागरिकले जित्ने समय आएको बताए । नेपाली कम्युनिष्ट आन्दोलनको सुरुवातमा पुष्पलाल श्रेष्ठका विचारलाई पनि स्वार्थको राजनीतिले हेरेकाले कम्युनिष्ट आन्दोलन कमजोर हुन पुगेको ओलीले बताए । त्यसपछि मदन भण्डारीको अगुवाइमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा गन्तव्यमा पु¥याएको ओलीले बताए । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि नेपाली कम्युनिष्ट आन्दोलन एउटा उचाइमा पुगेको बताउँदै आफूहरु ‘जनताको जनवाद’ तर्फ अगाडि बढेको ओलीले बताए ।सम्झाउँदा, बाध्य पार्दा नेपाली कांगेस एकाध पल्ट मात्रै परिवर्तनको बाटोमा अगाडि आएको अध्यक्ष ओलीले बताए । नेपाली कांग्रेसले धेरै पटक प्रतिक्रियावादी शक्तिहरुसँग घाँटी जोडेको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *