४ सय ७६ सवारी साधनको प्रदूषण फेल

 

काठमाडौँ, ४ वैशाख । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजनाअन्तर्गत शुरु भएको अभियानमा ४ सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ । काठमाडाँै उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएका हुन । प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही गरी मापदण्डअनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ताको अवधिमा ती गाडीलाई कारवाही गरिएको हो । सो अवधीमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म र थापाथलीदेखि सोल्टीमोड र लाजिम्पाट क्षेत्रमा फुटपाथ व्यवसाय हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *