बैशाख ६ गतेसम्म प्रतिबन्ध नहटाए प्रतिरोध आन्दोलन गर्ने चेतावनी,नेपाल बन्द सफल पार्न विप्लवको अपिल

काठमाडौं, ४ बैशाख । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले सरकारी प्रतिबन्ध र पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली “सुदर्शन”लगायत कार्यकर्ता गिरफ्तारीविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार देशैभरी कोणसभा सम्पन्न गरेको छ । यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिकाको कलकत्ताबजार र बेदकोट नगरपालिकामा कोणसभा सम्पन्न गरेको छ । सरकारी प्रतिबन्ध र नेकपा नेताकार्यकर्तालाई व्यापक गिरफ्तारीबीच पनि नेकपाले खुल्ला रूपमा कोणसभा गरेको हो । कलकत्ताबजारको कोणसभालाई सम्बोधन गर्दै महाकाली ब्युरो सदस्य रामबहादुर सिंहले बैशाख ६ गतेसम्म प्रतिबन्ध नहटाए प्रतिरोध आन्दोलन अगाडि बढाउने बताएका छन् । उनले केन्द्रको नीति अनुसार राज्यले सञ्चालन गर्ने कार्यक्रममा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सिंहले भने ,हामीमाथीको प्रतबन्ध नहटाउने हो भने केन्द्रको नीति अनुसार सरकारका कार्यक्रममा पनि हामीले प्रतिबन्ध लगाउने छौं । यस्तै कालिकोट जिल्ला कमान न १ अन्तरगत लालुमा कोणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता गाविस सेक्रेटरी मनोज विस्ठ्ले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै विशेष अथिति नेकपा कालिकोटका जिल्ला कमिटी सदस्य जगदीश नाथ योगी राजकुमारले तत्काल नेकपालाई लगाएको प्रतिबन्धले आफुहरुलाई सहज बनाएको बताएका छन् । साथै उनले नेकपाका महासचिव विप्लवले आव्हान गर्नुभएको केन्द्रिय कार्यक्रमलाई साथ दिन सम्पुर्ण जनसमुदायलाई सयोग गर्न अपिल गरेका छन् । यसैगरी बेदकोटको कार्यक्रमलाई सम्बोधन गर्दै बब्युरो सदस्य विवशले आफ्नो पार्टीमाथीको प्रतिबन्ध सरकारलाई महङो पर्ने चेतावनी दिएका छन् । सरकारले प्रतिबन्ध लगाएपनि नेकपाले आफ्ना कार्यक्रमलाई खुल्ला बनाउन सुरू गरेको छ । नेपाल कम्युनिस्ट पार्टी डोटीले जिल्ला अन्तरगत इलाका न ५ अतरकाडा डोटीमा कोणसभा सम्पन्न गरेको छ ।कार्यक्रममा जिल्ला इन्चार्ज शिखरले कोणसभामा सम्बोधन गर्दै भ्रष्टाचारको रक्षाको निम्ति वडी केदारको कार्यालयमा जुन अस्थायी प्रहरी पोष्ट राखिएको छ यसलाई तत्काल नहटाइ वडी केदार गाउँपालिका प्रतिनिधीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच वैशाख ५ गते बिहीबार नेपाल बन्दको आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको छ । उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, मंगलबार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताए । सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उनले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *