केन्याको नाइट क्लबबाट १२ नेपाली महिला पक्राउ


काठमाडौँ, २ वैशाख । केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् । प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।उनीहरुलाई कसरी केन्या पु¥याइयो भन्ने प्रष्ट भएको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएको छ ।उनीहरुलाई नियाली प्रहरी चौकीमा राखिएको छ । सोमबार उनीहरुलाई मोम्बासाको अदालतमा उपस्थित गराइने छ । प्रहरीले अन्य संधिग्दहरु हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *