मकवानपुर इन्चार्ज र मेची ब्युरो सदस्य पक्राउ, षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्ने विप्लव माओवादीको चेतावनी


काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्यरोले नारायणी ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला समिति सदस्य आकाश लामा र मेची ब्युरो सदस्य जितमान राई र जिल्ला सदस्य असल पन्धाकलाई प्रहरीले गिरफ्तार गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई चैत २९ गते शुक्रबार बिर्तामोड स्थित एक होटलमा बसिरहेको बेला प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ । गिरफ्तार पर्नेहरुमा पार्टीका मेची ब्युरो सदस्य जितमान राई र अर्का जिल्ला सदस्य असल पन्धाक रहेका छन् ।नेकपा मेची ब्युरो कार्यालयका सदस्य प्रमोदले प्रेस विज्ञप्ति प्रकाशित गरी बिनासर्त रिहाइको माग गरेका छन् । रिहा नगरिए संघर्ष गर्ने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्यरोले नारायणी ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला समिति सदस्य आकाश लामालाई गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ ।उक्त ब्युरोका इन्चार्ज मिलनले शुक्रबार विज्ञप्ति जारी गरी हेटौंडा उपमहानगरपालिका–८ फायरलाइनबाट इन्चार्ज ज्वाला र जिल्ला सदस्य लामालाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गिरफ्तारीप्रति घोर भत्सना र निन्दा गरेका छन् ।पार्टी कामको शिलसिलामा हिडिरहेको अवस्थामा उनीहलाई प्रहरीले गिरफ्तार गरेको भन्दै इन्चार्ज मिलनले बिनासर्त रिहा गर्न समेत माग गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नारायणी ब्युरो गिरफ्तार गरिएका क.ज्वाला र क. आकाशलाई बिनासर्त तत्काल रिहाइको माग गर्दछ । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ ।’मिलनले सरकारले केही समयदेखि नेपाल कम्युनिस्ट पार्टीमाथि फासिस्ट दमन अभियान तीव्र्र बनाएको भन्दै दमनले आन्दोलन नरोकिने बरु क्रान्तिकारीहरुलाई थप उर्जा प्रदान गर्ने समेत बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीवादी सत्ताका राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध जारी हाम्रो पार्टीको सङ्घर्षबाट अतालिएको दलाल फासिवादी वर्तमान सरकारले पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर विभिन्न झुट्टा मुद्धामा फसाउने कार्य बढाएको छ । तर सहि विचार र दृष्टिकोणबाट अघि बढेको जनताको आन्दोलनलाई सत्ताको दमनले रोकेको ईतिहास कही कतै छैन, बरु क्रान्तिकारीहरुलाई झनै दृढ र समर्पित हुन प्रेरित गर्दछ ।’
यस्तै न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक तथा जनपत्रकार संगठनका काठमाडौंका संयोजक जितेन्द्र महर्जनको रिहाइका लागि नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ ।महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रवार नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधन विरुद्ध भन्दै बिनाशर्त रिहाईका लागि रिट दायर गरेका हुन् ।गत २६ गते दिउसो पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला अपहरण शैलीमा महर्जनलाई कार्यालयबाटै गिरफ्तार गरी एकदिन चरम यातना दिएर जिल्ला अदालतमा म्याद थप गरिएको थियो । ‘पत्रकारलाई गिरफ्तार गर्नु गैरकानुनी मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, रिट दायर गर्नुपर्ने कारण खोल्दै केन्द्रीय सदस्य जैसीले भने, ‘यसअघि पनि अनाहकमा पत्रकारहरु पक्राउ परे, समग्र पत्रकारको रक्षा गर्ने संस्था महासंघको तर्फबाट मलाई अख्तियारी दिएपछि रिट हालेको हुँ ।’ २०७६ बैशाख २ गते सो रिट उपर सुनुवाई हुँदैछ भने वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुङ्गानालगायतले पैरवी गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *