गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी


काठमाडौँ, २ वैशाख । गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले चेतावनी दिएका छन । नेपाली काङ्गे्रस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आइतबार विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिएका हुन । सभापति देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन । पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिएका छन । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो । काङ्गे्रस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए । नेपाली काङ्गे्रस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको छ ।
यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताएका छन । काभ्रेपलाञ्चोकको बनेपामा आइतबार नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान’ कार्यक्रममा उनले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको बताए । महामन्त्री कोइरालाले पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन नसक्ने बताए । उनले भने, ‘हामीले एकताको सन्देश दिन सक्नुप¥यो ।”बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै उनले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गरे । सो अवसरमा उनले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाए । सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो । हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *