कर्मचारीलाई तोकिएको स्थानमा जान निर्देशन

काठमाडौँ, २९ चैत । गृह मन्त्रालयले पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले बिहीबार सूचना जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराएको छ । “तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत अवगत गराइएको छ,” मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *