भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्दछ ः सुदर्शन,विप्लव माओवादीका डोल्पा इञ्चार्ज पक्राउ

काठमाडौँ, २८ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीले आलोचनाको हतियारले वास्तवमा हतियारको आलोचनालाई प्रतिस्थापन गर्न सक्दैन, भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्दछ । तर सिद्धान्तले पनि जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ त्यति छिटो त्यो भौतिक शक्ति बन्ने बताएका छन । बुधबार सर्वोच्च अदालत परिसरमा उनले यस्तो बताएका हुन । सर्वोच्च अदालतले नेता ओलीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले नेता ओलीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो । जिल्ला अदालतमा मुद्दा चलाउनका लागि रीतपूर्वक म्याद थप भई अनुसन्धान भइरहेको हुँदा धरौटी वा सामान्य तारेखमा रिहा गर्न अस्वीकार गरेको आदेशमा उल्लेख छ । बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएकै दिन सर्वोच्च अदालतमा उपस्थित गराइएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य ओली ‘सुदर्शन’ले कार्लमाक्र्सको विश्व प्रसिद्ध कृति पुँजीमा उल्लेख गरिएको भनाई प्रस्तुत गर्दै कहिले पनि कानुनले क्रान्ति नगर्ने बरु क्रान्तिले कानुन बनाउने बताएका छन् । सर्वोच्च अदालतमा ६ मिनेट लामो बयान दिदै नेता सुदर्शनले विगतको आफ्नो ३ वर्षे जेल जीवनको स्मरण गर्दै भने ‘अहिलेको घटनासँग म के तुलना गर्छु भने मलाई २०५५ सालको माघ २९ गते बाजुराको दोगडीबाट पक्राउ गर्दाखेरी भोलिपल्ट फागुन १ गते तेस्रो जनयुद्ध दिवस थियो त्यतिबेला मेरो झोलामा जिलेटिन हालिएको थियो र झुट्टा मुद्दा लगाइएको थियो आज त्यहि दोहो¥याइएको छ ।सर्वोच्च अदालतमा आफ्नो रिहाइको माग गर्दै दायर गरिएको रिट खारेज हुने तर्फ निश्चित देखेपछि सुर्दशनले थप भने ‘माक्र्सले पुँजीमा उल्लेख गर्नुभएको छ की कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउँछ । यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।’ उनले थप भने हामीलाई ‘काभ्रेको खानीखोलाबाट पक्राउ गरिएको थियो । हाम्रो झोलामा केही थान किताब डायरी र कम्युटर थिए तर ललितपुरको ठेचो आइपुग्दासम्म झोलामा ‘मेड इन जापान’ भनेर लेखिएको पेस्तोल भेटिएको भनी झुटो प्रचार गरियो यदि त्यो दिन मेड इन जापान लेखिएको पेस्तोल भइदिएको भए त त्यसबेला परिस्थिति भिन्नै हुनसक्थ्यो ।
सर्वाेच्च अदालतको ८ नं. इजलासमा पक्षविपक्षबीच सर्वोच्च अदालतमा भएको बहसको सुनुवाइ पछी उक्त रिट खारेज भएको हो। ओली “सुदर्शन” र लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले हिरासतमा राखेको भन्दै सुदर्शनकी छोरी विपना ओलीले गत चैत्र १४ गते सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । नेता सुदर्शनको पक्षमा नेपाल बार एशोसियसनका नब निर्बाचित अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बरिस्ठ अधिबक्ताहरु एकराज भण्डारी, विस्णु भट्टराई, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, अधिवक्ताहरु कपिल चन्द्र पोखरेल , खगेन्द्र अधिकारी, उपेन्द्र केशरी न्यौपाने, खिमानन्द अधिकारी र हर्क्जित लामासहित ९ जनाले बहस गरेका थिए ।नेकपाका नेता ओली “सुदर्शन”सहित ९ जना नेता–कार्यकर्तालाई काभ्रेको खानी खोलाबाट काठमाडौं आउदै गर्दा बाटोबाट प्रहरीले गिरफ्तार गरेको थियो । एनसेलको टावर विस्फोटनमा संलग्न भएको उल्लेख गर्दै प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको हो ।
यसैगरी नेत्रविक्रम चन्द नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का बुधबार अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ । खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *