नेपालद्वारा देशभर समानान्तर समिति बनाउने चेतावनी

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए देशव्यापी रुपमा समानन्तर समिति बनाउने चेतावनी दिएका छन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार नेता नेपालले अध्यक्ष ओली र प्रचण्डले आफूसँग कुनै सरसल्लाह नगरी तल्लो तहको एकता टुँगो लगाउन खोजेको भन्दै गम्भिर आपत्ति जनाएका छन् । नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीको तल्लो तहको एकता टुँगो लगाउँदा आफूसँग सहमति गर्नुपर्ने सन्देश पठाईसकेका छन् । आफ्नो प्रस्ताव नसुन्ने र एकोहोरो पेलेर जान खोजे देशव्यापी रुपमा समानान्तर समिति बनाउने नेता नेपालको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *