वैद्यद्वारा बन्दुक उठाउने चेतावनी

काठमाडौँ, २५ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले बन्दुक उठाउने चेतावनी दिएका छन् । आइतबार राजधानीमा आयोजित आफ्नो पार्टीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनलाई संवोधन गर्दै महासचिव वैद्यले प्रतिक्रियावादीहरुले बन्दुक बोकिरहेको बेला आफुहरुले पनि बन्दुक बोक्ने चेतावनी दिएका हुन् । सभामा बोल्दै महासचिव वैद्यले नेपालमा ओली प्रचण्ड नेतृत्वको नेकपाले कम्युनिस्ट पार्टीको बदनाम गरिरहेको भन्दैं अहिले देशमा सच्चा कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताए । वैद्यले विप्लव नेकपा, मोहन विक्रम मसाल, ऋषि कट्टेलको नेकपा, किरातीको माओवादी केन्द्र र आहुतीको पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकतामा आउन अनुरोध गरेका छन ।
यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले केपी ओलीले पाल्सी कुरा गरेर भ्रष्टचारलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।ओलीले आफु भ्रष्टचार गर्दिन र गर्नेलाई कार्वाही गर्छु भनेर भनेको कुरा सरासर झुठो भएको बताउँदै गजुरेलले ओली सरकारले भ्रष्टचारलाई मौलाउने ठूलो ठाउँ दिएको आरोप लगाए ।आफ्नो पार्टी निकट मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाडौंमा आयोजित प्रथम सम्मेलनलाई संवोधन गर्दै सो मोर्चाको अध्यक्ष समेत रहेका गजुरेलले ओली सरकारले निर्मला पन्तको हत्यारालाई संरक्षण समेत गरेको गंभीर आरोप लगाए । संवोधनका क्रममा बोल्दै गजुरेलले कम्युनिस्ट पार्टीको ओली सरकारले विप्लव नेकपालाई प्रतिवन्ध लगाउनु संसारमा कहिँ नभएको कार्य गरेको बताए । गजुरेलले अब देशमा विद्यमान संविधान र व्यवस्थाको विकल्प नयाँ जनगणतान्त्रिक संविधान र व्यवस्थाको लागि आफुहरुले अब विकल्प खडा गरेको दाबी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *