बारा–पर्सामा भिषण हावाहुरीका कारण ३१ जनाको मृत्यु, ५०० बढी घाइते,उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कमी हुन नदिन निर्देशन

काठमाडौं,१८ चैत । आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सा मा ठूलो धनजनको क्षति भएको छ । अहिलेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५०० बढी घाइते भएको जनाईएको छ । हावाहुरीका कारण इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पु¥याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो । बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २७ जनाको मृत्यु भएको छ भने वीरगञ्ज–१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको छ ।हावाहुरीले ‘कहीँ पर्खाल ढलेको छ, कहीँ धेरै घर भत्केका छन, कहीँ छानो उडाएको छ,’
घाइतेमध्ये नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एड्भान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । बारा प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएपनि डिआईजी हरि पालले बताएका छन । घाइतेहरूको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संघीय प्रहरी इकाई कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई र पर्साका उपरीक्षक रेवती ढकालसहित सशस्त्र प्रहरीसमेतको टोली घटनास्थलमा खटिएको छ ।प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।उनले उद्धारमा सुरक्षाकर्मीरु परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाएका छन् । उनले उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *